रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोना संक्रमणका कारण मृत्यु

एजेन्सी : स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका सान्जको ७६ वर्षको उमेरमा मृत्यु भएको हो ।

उनी सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष थिए । उनको अध्यक्षतमा रियलले दुईपटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया

Techie