राहातको चामल नै कुहिएको परेपछि स्थानीय आक्रोशित

कैलाली:  कैलालीको धनगढी उपमहानगरपालिकाले वितरण गरेको राहातको चामल नै कुहिएको परेपछि स्थानीय आक्रोशित बनेका छन । सोमबार धनगढी उपमहानगरपालिकाले वडा नम्बर ४ उत्तरबेहडी, शिबपुरी धाममा वितरण गरेको राहतमा कुहिएको चामल भेटिपछि स्थानीय नागरिकले बिरोध जनाएका छन । राहतको चामलका लागि धनगढी उपमहानगरपालिकाले गेटास्थित ठाकुर एग्रो इन्डष्ट्जि प्रा.ली. संग सम्झौता गरेको थियो । स्थानीयले आफुहरुले पाएको राहतको चामल पुरानो र किरा समेत परेकोले खानै नसकिने गुनासो गरेका छन ।

चामल कुहिएको भेटिएपछि खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयको टोलीले गोदाममै पुगेर अनुमगन गरेको छ । सरोकारवाला सहित प्रविधी तथा गुण नियन्त्रण कार्यालयको टोलीले गरेको अनुगनका क्रममा समेत कुहिएको चामल फेला परेको हो ।

तपाईको प्रतिक्रिया

Techie