राहतमा कुहिएको दाल वितरणमा पक्राउ परेका जनप्रतिनिधिलाई मिलेमतोमा छाडियो

बाराको कलैयामा राहतमा कुहिएको दाल वितरणमा पक्राउ परेका जनप्रतिनिधिलाई मिलेमतोमा छाडेको गुनासो सर्वसाधारणले गरेका छन । कुहिएको दाल राहतका लागि पक्राउ परेका कलैया उपमहानगर प्रमुख राजेश राय यादव, आठजना बडाध्यक्ष सहित ते-ह जनालाई प्रशासनले पाँच महिनासम्म कारवाही नगरेकोमा नगरबासीले असन्तुष्टि जनाएका हुन । महामारीको समयमा जनतालाई कुहिएको खाद्यान्न बिक्री गर्नेलाई प्रशासनले नै धरौटीमा छाडेपछि कलैयाका बासिन्दा निरास भएका छन ।

स्थानीय प्रशासनले भने कोरोना संक्रमणका कारण सरकारले बनाएको नयाँ नियम अनुसार कुहिएको दाल बिक्री गर्ने घटनाका आरोपी छुटेको दावी गरेको छ । बारा प्रहरीले भने कुहिएको दाल बिक्री गरेको सबै प्रमाण प्रशासन कार्यालयमा पेश गरेको जनाएको छ ।

राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव आठ जना वडाध्यक्ष सहित ते¥ह जनालाई धरौटीमा बैशाख दश गते छुटेका हुन । पाँच महिनासम्म पनि घटनाको दोषि कारवाहीको दायरामा नआउनुमा आर्थिक र राजनीतिक चलखेल भएको स्थानीयको आरोप छ ।

तपाईको प्रतिक्रिया

Techie