राहतको लोभमा गरिब माझीहरुलाई करोडौंको भार, न्याय नपाए हामफालेर मर्छौः पीडित

काठमाडौं : दोलखा जिल्लाको तामाकोशि गाँउपालिका १ भिरकोटका ९ घरका गरिब माझी परिवारलाई राहतको प्रलोवन देखाएर उनीहरुकै नागरिकता दुरुपयोग गरि माझी परिबारकै नाम बाट कम्पनीहरु खोलेर ५ करोड ५६ लाख राजश्वको भारी बोकाउने गिरोहहरुको खुलासा भएको छ ।

राहतको लोभमा पर्दा तामाकोशी गाँउपालिका एक माझी बस्तीका लछुमन माझी पाँच करोड भन्दा बढी राजस्व छलि गरेको मुद्दा खेप्न बाध्य भएका छन् । नागरिकता अपचलन गरी माझीहरुका नाममा फर्म खोलेर ठुलो रकम घोटाला भएको पाइएपछि माझीहरु समस्यामा परेका हुन् ।

तामाकोशी गाँउपालिका एक माझी बस्तीका लछुमन माझीको न कुनै व्यापार व्यवसाय छ, न कुनै कम्पनि तर उनी माथी पाँच करोड ५६ लाख राजस्व चुहावटको मुद्दा दायर भएको छ । माछा मारेर घर चलाउने लहुमन अर्थात लछुमन माझी यतिखेर उच्च अदालत पाटनबाट राजस्व चुहावट मुद्दा खेपिरहेका छन् । भुकम्पपछिको राहतको लोभमा पर्दा नागरिकता दिएर राहत बुझेका लछुमन उच्च अदालत पाटनवाट राजस्व छलि मुद्दामा परेका हुन् ।

२०७३ सालमा एक जना कपडा व्यापारीलाई राहतका लागि भन्दै उनले बुझाएको नागरिकता अपचलन गरी पिआरके टे«ड इन्टरनेशनल नामको फर्म दर्ता गरेर राजस्व छलि भएको खुलेको हो । विभिन्न कागजमा सही गरेवापत ३६ हजार बुझेका उनी अदालतबाट यतिधेरै रकम मेरो नाममा तिर्न भनेर आएपछि छागाबाट खसे जस्तै भएका छन । परिवार पनि थप समस्यामा छ ।

लछुमन जस्तै माझी वस्तिका ८ जनाले विभिन्न ठाउमा पुगेर नागरिकता दिएर कागजमा थिचेका थिए । लछुमनलाई अदालतबाट पत्र आएपछि गाउनै त्रसित छ ।

माछा मारेर जीवन गुजार्ने उनीमाथि पाच करोड ५६ लाख राजस्व हिनामिना गरेको ठहर गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको जनप्रतिनिधि बताएका छन् ।

माछा मारेर जीवन गुजार्ने निरक्षर माझीलाई ठगी र कीर्ते काम गर्ने समूहले राहतको लोभ दिएर नागरिकता अपचलन गरेको हो । लोभ देखाएर नागरिकता अपचलन गरी उक्त समूहले व्यापारिक फर्म दर्ता गरेर उक्त फर्मबाट अवैध कारोबार गरेको खुलेको हो । लछुमनका नाममा कसरी यति धेरै राजस्व छलीको अभियोग लाग्यो अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । लछुमनको नाममा यति धेरै रकम राजश्व हिनामिना गरेको मुद्दा लागेपछि राहत लिन नागरिकता लिएर गएका माझी पनि त्रसित छन् ।

तपाईको प्रतिक्रिया

Techie