पुर्व कप्तान हरि खडका सहित एघार जनालाई सरकारले राष्ट्रिय खेलकुद परिषदको बोर्डमा नियुक्त

काठमाडौं:  पुर्व राष्ट्रिय फुटबल टिमका कप्तान हरि खडका सहित एघार जनालाई सरकारले राष्ट्रिय खेलकुद परिषदको बोर्डमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश एकबाट हरि खडका र चन्द्रा बन्दना राईरु, गण्डकी प्रदेशबाट राजेश गुरुङ, वाग्मती प्रदेशबाट पुरेन्द्रविक्रम लाखे, प्रदेश दुईबाट मानदेव हजारा र मोहम्मद शेख, कर्णाली प्रदेशबाट नन्दा बस्याल, सुदूरपश्चिमबाट एकेन्द्र कुँवर र लुम्बिनीबाट सुमित्रा चौधरीलाई सदस्य नियुक्त गरेको हो । राष्ट्रिय खेलकुद परिषदको अध्यक्षको रूपमा संघहरूको सिफारिसमा मनोनित गर्न पाउने व्यवस्था अनुसार मन्त्री विश्वकर्माले रेणुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई मनोनित गरेका छन । यसरी थप ११ जना बोर्ड सदस्य नियुक्त भएका हुन । यसअघि छ जनालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साउन १५ गते सदस्य मनोनित गरेका थिए । नयाँ ऐन अनुसार मन्त्रिपरिषद र खेलकुद मन्त्रीले बोर्ड सदस्य मनोनित र नियुक्ति गर्ने प्रावधान रहेको छ । राजनैतिक दबाब र किचलोपछि सदस्य सचिव र उपाध्यक्ष नियुक्त भएको दुई महिनाभन्दा बढी भैसक्दा ११ जना नियुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया

Techie