राष्ट्रिय जनमोर्चाद्वारा संघीयता खारेजीको माग गर्दै संविधान संशोधनको प्रस्ताव दर्ता

Chitra Bahadur KC. Photo: Bijay Gajmer/Republica/Nagarik

काठमाडौं राष्ट्रिय जनमोर्चा पार्टीले संघीयता खारेजीको माग गर्दै संविधान संशोधनको प्रस्ताव दर्ता गरेको छ । जनमोर्चाका नेताहरु संसद सचिवालय पुगि संविधान संशोधनको प्रस्ताव दर्ता गराएका हुन् । संघीयताका कारण जनतालाई चर्काे बोझ परेको भन्दै यसलाई खारेज गर्न माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेको जनमोर्चाको भनाइ छ ।

नेपालको संविधानमा रहेका समावेशिता, समानुपातिक प्रणाली, धर्म निरपेक्षता, गणतन्त्र जस्ता विषयलाई आफ्नो पार्टीले समर्थन गरेको तर संघीयताले देशको राष्ट्रियता कमजोर हुँदै गएकोले संशोधन प्रस्ताव लैजान लागिएको जनमोर्चाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Techie