राष्ट्रिय एकताको सामूहिक भावलाई सरकारले सम्मान गरेन : मनीषा कोइराला

काठमाडौ । बलिउड अभिनेत्रृ मनीषा कोइरालालाई पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि दिन प्रशासनले अवरोध गरेकोमा आपत्ति जनाएकी छिन । सोमबार पश्चिम ढोका अघिको शालिकमा पुग्न सर्वसाधारणलाई प्रहरीले रोक्नुका साथै बल प्रयोग गरेपछि ट्विट गर्दै उनले जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान नगरेको जनाएकी हुन । सामाजिक अभियन्ता समेत रहेकी कोइरालाले पृथ्वीनारायणको शालिक अगाडी नै सरकारले गरेको दमन आपत्तिजनक कार्य भएको उनको भनाइ छ । उनले पानीको फोहरा र अश्रु ग्याससहित प्रहरी पठाउने सरकार नेपालीकै सरकार हो भनेर उनले प्रश्न समेत गरेकी छिन । राष्ट्रिय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय भएको कोइरालाको भनाइ छ । सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एक भई श्रद्धाञ्जली दिन नपाउने भन्दै उनले प्रश्न समेत गरेकी छिन । आम व्यक्तिको भेला हुने मौलिक अधिकार खोसेर सरकार अधिनायकवादतर्फ उन्मुख भएको उनको आरोप छ । कोइरालाले केहि दिन पहिले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन आग्रह गरेकी थिइन । दिवस मनाउन नागरिकस्तरवाट गठन गरिएको आयोजक समितिमा समेत उनी रहेकी थिइन ।।

तपाईको प्रतिक्रिया

Techie