राष्ट्रपति भण्डारीले पूर्व प्रधानमन्त्रीसहित सबै दलका प्रमुखलाई बोलाइन् शीतल निवास

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख दलका नेता र पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श गर्दैछिन । समसामयिक राजनीतिक विषयमा परामर्शका लागि उनले प्रमुख दलका शिर्ष नेतालाई बेलुका शितल निवासमा बोलाएकी हुन् ।

राष्ट्रपति भण्डारीले कोरोना महामारी, लकडाउन तथा यसबाट सिर्जित समस्याबारेमा छलफल गर्न लागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पछिल्लो समय नागरिकता विधयेकमा अंगिकृतका लागि सात वर्षे प्रावधान राखिएको विषयमा समेत राष्ट्रपतिले दलहरुको राय लिने अनुमान गरिएको छ । राष्ट्रपति भण्डारीले केही महिनाको अन्तरालमा प्रमुख दलका शिर्ष नेतासँग नियमित परामर्श गर्दै आएकी छिन् ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

२० भाद्र २०७७, शनिबार १०:४२ २० भाद्र २०७७, शनिबार १०:४२

काठमाडौं : कोरोना…

२९ बैशाख २०७७, सोमबार १२:४६ २९ बैशाख २०७७, सोमबार १२:४६

काठमाडौं : संसदीय…

३२ श्रावण २०७७, आईतवार ०९:२७ ३२ श्रावण २०७७, आईतवार ०९:२७

काठमाडौं : बीपी…

Techie