राष्ट्रपति भण्डारीद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नु हुने बताएकी छिन् ।

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले लाखौं लाख मानिस संक्रमणबाट प्रभावित भई जीवनका निम्ति संघर्ष गरिरहेका बेला आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी हुन् ।

कोरोनाबाट मुलुकको अर्थतन्त्रमा पर्नसक्ने प्रतिकुल प्रभाव कम गर्न आन्तरिक स्रोत उर्वर भूमि, जलसम्पदा, वनजङ्गल र जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु पर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

राष्ट्रपति भण्डारीले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्ने विश्वास समेत ब्यक्त गरेकी छिन । नयाँ वर्षको उपराष्ट्रपति, सभामुख र राष्ट्रिय सभा अध्यक्ष लगायत विभिन्न राजनीतिक दलका नेताहरुले देश–विदेशमा रहेका समस्त नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie