राष्ट्रपति पुटिनद्वारा मिखाईल मिसुस्टिनलाई प्रधानमन्त्रीमा नियुक्त

एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएपछि प्रधानमन्त्रीमा उनले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नियुक्त गरेका हुन् ।

भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उनलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गरेका थिए । पुटिनको आग्रहलाई स्विकार गरेपछि मिखाइललाई प्रधानमन्त्रीमा नियुक्त गरिएको अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थामा सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेवले बुधबार राजीनामा दिएका हुन् । मेदभेदेवले पुटिनको प्रस्तावले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने भएकाले राजीनामा दिएको बताएका थिए ।

तपाईको प्रतिक्रिया

Techie