राष्ट्रपति पनि प्रधानमन्त्री ओलीको अपराधको साझेदार : गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओलीको अपराधको साझेदार भएको आरोप लगाएका छन् । प्रधानमन्त्रीको कदम विरुद्ध कांग्रेस काठमाडौंले वानेश्वरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले राष्ट्रपतिले संविधानको रक्षकका रूपमा भन्दा केपी ओलीको ग्याङको सदस्यका रूपमा भूमिका खेलेको आरोप लगाएका हुन । नेता थापाले देशले अयोग्य व्यक्ति प्रधानमन्त्री पाएको र उनको अहंकारको सिकार सिंगो व्यवस्था नै हुन पुगेको टिप्पणी गरे ।
नेता थापाले ओली प्रधानमन्त्री भएको दिनदेखि नेपाली जनता चैनले सुत्नसमेत नपाएको बताए । उनले बहुलट्ठी, सन्काहा व्यक्ति प्रधानमन्त्री भएमा पनि संसद् विघटन गर्न नसकिने व्यवस्था संविधानमा रहेको भन्दै ओलीले चालेको कदम असंवैधानिक भएको बताए । उनले नेपाली लोकतन्त्रका लागि चुनाव जितेर आएका नेता र राष्ट्रपतिबाटै खतरा रहेकाले संविधान र व्यवस्था जोगाउन संघर्ष आवश्यक रहेको समेत बताए ।

तपाईको प्रतिक्रिया

Techie