राष्ट्रपतिलाई शम्भु थापाको प्रश्न- सांसदहरुको अधिकार हनन् गर्ने.. हु आर यु ?

काठमाडौ । वरिष्ठ अधिवक्ता शम्भु थापाले जनताको प्रतिनिधिलाई सरकार बनाउन कसैले रोक्न नमिल्ने बताएका छन् । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा बुधबार संवैधानिक इजलासमा भएको सुनुवाइमा बोल्दै थापाले विश्वासको मतको आधार फ्लोर टेष्ट भएको तर्क पेश गरे ।उनले राष्ट्रपतिले १४९ सांसदको हस्ताक्षरलाई अस्वीकार गरेर सांसदहरुको अधिकार हनन् गरेको जिकिर गरे ।
बहस गर्दै थापाले प्रश्न गरे- हाम्रो मतदानको अधिकार तपाईंले कसरी खोस्न पाउनुहुन्छ ? कसरी खाइदिन पाउनुहुन्छ राष्ट्रपतिज्यू ?

‘विश्वासको मतको आधार फ्लोर टेष्ट हो । १४९ सांसदको दावी पेश गरेपछि तपाईं को हो ? हु आर यु ?’  थापाले राष्ट्रपतितर्फ इंगित गर्दै प्रश्न गरे,’के त्यहाँ कोही एमाले र कोही माओवादीका सांसदले भोट हाल्न नसक्ने छन र ?  जनताको प्रतिनिधिलाई तपाईंले सरकार बनाउन बाट रोक्न मिल्छ ?’
उनले राष्ट्रपति भण्डारीले एमालेभित्र यस्तो हुन्छ, जसपाभित्र यस्तो हुन्छ भनेर दलको प्रकाशन गर्न कहाँ पाउनुहुन्छ ? भनेर पनि प्रश्न गरे।

उनले प्रधानमन्त्री र राष्ट्रपतिले भनेजस्तै यो राजनीतिक प्रश्न नभएको बताए । थापाले भने,’म विश्वासको मत पाउन सक्दिनँ, भनेर राजीनामा नदिनु चाहिँ राजनितिक प्रश्न हो । विश्वासको मत नपाएपछि संविधान बमोजिम पदमुक्त हुनुपर्दैन ? केपी ओली जी जसरी विश्वासको मतबाट बाहिर जानुभो, उहाँलाई अब ७६ को उपधारा ५ अनुसार दाबी गर्ने अधिकार छैन ।’ थापा अघि आज देउवा पक्षका अरू चार जना वकिलले बहस गरेका थिए।

तपाईको प्रतिक्रिया

Techie