“राष्ट्रको रक्षा सरकार र नेपाली सेनाबाट मात्र सम्भव हुदैन” – ईश्वर पोखरेल

काठमाडौं : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रको रक्षा सरकार र नेपाली सेनाबाट मात्र सम्भव नहुने बताएका छन् । बिहीबार नेपाली सेनाले प्रकाशित गरेको युनिटी जर्नल सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले राज्य शक्तिका सबै संयन्त्रहरु एकिकृत भइ परिपक्व नहुँदासम्म राष्ट्रिय सुरक्षामा चुनौति रहिरहने बताए ।

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रको विकास र समृद्धिका लागि राष्ट्रिय सोचमा एकता आवश्यक पर्ने बताए ।

नेपाली सेनाले सेना दिवसको अवसरमा राष्ट्रिय सुरक्षा र एकतासम्बन्धि विषयहरु समावेश गरी युनिटी जर्नल प्रकाशित गरेको हो ।

तपाईको प्रतिक्रिया

Techie