रामेछापमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सुरु

काठमाडौ । रामेछाप जिल्लामा राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ताको काम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय मन्थलीमा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले विवरण दर्ता गराएर विवरण दर्ता सुभारम्भ गरेका हुन । दुईवर्ष भित्र देशभरि राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य अनुसार रामेछापमा पनि विवरण संकलन थालिएको हो ।
तत्काललाई जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकता बनाउने आउने र कागजात लिएर आउने अन्य नागरिक विबरण संकलन थालिएको छ । नागरिकका सबै प्रकारका सूचना र विवरण एकिकृत रुपमा व्यवस्थापन गर्ने उद्देश्यले सरकारे राष्ट्रिय परिचयपत्र लागु गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie