राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न कडाइ

काठमाडौं । सुरक्षा सतर्कता अपनाउन भन्दै सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ अन्र्तगत अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।
बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार पारिएको गृह मन्त्रालयले जनाएको छ ।
। रातिमा हुने हिँडडुलको अनुगमन प्रहरीले गर्नेछ ।

त्यस्तै, विवाह, ब्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ । उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने पनि भनिएको छ ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

७ भाद्र २०७७, आईतवार १८:४३ ७ भाद्र २०७७, आईतवार १८:४३

काठमाडौं : काठमाडौं…

१० कार्तिक २०७७, सोमबार १२:२० १० कार्तिक २०७७, सोमबार १२:२०

काठमाडौं : राष्ट्रपति…

५ भाद्र २०७७, शुक्रबार १०:०६ ५ भाद्र २०७७, शुक्रबार १०:०६

काठमाडौं : पाटन…

Techie