राजधानीमा पनि देखियो सलहको झुण्ड

काठमाडौ । देशभर बिभिन्न जिल्लामा प्रबेश गरिसकेको सलह किरा काठमाडौं लगायतका उपत्यकामा पनि देखा परेका छन् । मंगलबार सलह किरा काठमाडौंको भित्री शहरमा पनि झुण्डको रुपमा देखिएका छन् । खासै हरियाली नभएको घना आवादी बिचको व्यापारिक स्थल काठमाडौंका बसन्तपुर, न्युरोड क्षेत्रमा पनि सलहको झुण्ड देखिएको छ । परिवर्तित हावाको वहावसंगै झुण्डबाट छुटेर केही हुलमा सलह किराहरु उपत्यकामा आइपुगेको बिज्ञहरुले बताएका छन् । बालीनाली सहितका हरियाली क्षेत्रमा सलहको प्रकोप देखिने भनिएता पनि खेतिपाती रहितका बन्जार स्थानमा सहलको झुण्ड देखिदा स्थानियहरु पनि आश्र्चयमा छन् । तर मनसुनको बेला पानी परिरहेको र सलहको झुन्ड पनि कम देखिएकाले कृषकहरुलाइ नआतिन विज्ञहरुले सुझाव दिएका छन् ।

 

तस्बिर: नबिन श्रेष्ठ

तपाईको प्रतिक्रिया

Techie