राजदूतमा सिफारिस भएका तीनजनाविरुद्ध उजुरी आह्वान

काठमाडौ । संसदीय सुनुवाई समितिले विभिन्न देशका लागि राजदूतमा सिफारिस भएका तीनजनाविरुद्ध उजुरी आह्वान गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले बेल्जियम र युरोपियन युनियनका लागि राजदूत सिफारिस भएका गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि सिफारिस भएका तापस अधिकारी र जर्मनीका लागि सिफारिस भएका रामकाजी खड्काविरुद्ध समितिले उजुरी आह्वान गरेको हो । उजुरीका लागि १० दिनको समयावधि तोकिएको छ ।
भदौ एक गते बसेको मन्त्रिपरिषद् बैठकले तीनै जनालाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । सिफारिस भएकाहरुको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

Techie