राजतन्त्र र हिन्दु राष्टको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन

df]6/;fOsn ¥ofnL kf]v/f, !) dªl;/ M k"j{ /fhsf] ;dy{gdf a'waf/ kf]v/fdf lgsflnPsf] df]6/ ;fOsn ¥ofnL . tl:a/ M /flwsf sF8]n ÷/f;;

काठमाडौं:  राजतन्त्र र हिन्दु राष्टको माग गर्दै राजतन्त्र समर्थकहरुले देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन । प्रदेश २ राजधानी जनकपुरधाममा आयोजित मोटरसाइकल –यालीमा गाउँ गाउँबाट राजतन्त्र समर्थकहरु सहभागि भएका थिए । गन्तन्त्रवादीहरु देश चलाउन नसकेकोले नेपाललाई असफल हुनबाट जोगाउन राजा आवस्यक रहेको भन्दै उनीहरु राजतन्त्रको पषमा नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागिहरुले राजा आउ देश बचाउ, हिन्दू राष्ट्र कायम गर जस्ता नारा लगाएका थिए । नेपाल राष्ट्रवादी समूहद्वारा निकालिएको सो –यालीमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीबाट असन्तुष्ट भएका कार्यकर्ताहरु पनि सहभागि थिए । जनकपुरधामको रेल्वे स्टेशनवाट निस्केको सो –याली नगरको विभिन्न चोकको परिक्रमा गरेको थियो ।

पोखरामा समेत राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै प्रदर्शन भएको छ । बुधबार पोखरामा आयोजित राजतन्त्र समर्थकहरुले मोटरसाइकल –यालीको आयोजना गरेको हुन । –याली पछि आयोजित कोणसभा श्रीमान गम्भिर नेपाली गीतबाट शुरु भएको थियो । ०६२–६३ को जनआन्दोलनले विस्थापित गराएको तत्कालिन ‘राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली .१२ वर्षपछि पोखरामा बजेको हो । यसैगरी प्रदर्शनमा सहभागिहरुले राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नाराबाजी समेत गरेका थिए । पछिल्लो समय राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन भइरेहको छ ।

 
 
  

तपाईको प्रतिक्रिया

Techie