राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रर्दशन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ । प्रदर्शनको क्रममा रौतहटको गौरबाट शुरु भएको मोटरसाइकल ¥याली चन्द्रनिगाहपुरासम्म पुगेको थियो । उनीहरुले हिन्दु राष्ट्र र राजसँस्था सहितको प्रजातन्त्र स्थापना हुनुपर्ने लगायतका नाराहरु लगाएका थिए ।
प्रदर्शनकारीहरुले नेताहरुका कारण भ्रष्टाचार बढेको र जनताले दुःख मात्रै पाएको गुनासो गरेका छन । यसैबीच नेपाल राष्ट्रवादी समूहले आफुहरु राजा सहितको प्रजातन्त्रको पक्षमा रहेको र यसका लागी देशभरी दबाब ¥यालि आयोजना गरेको बताएको छ
पछिल्लो समय राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग सहित देशका विभिन्न स्थानमा प्रदर्शन हुदै आएको छ ।

तपाईको प्रतिक्रिया

Techie