राजतन्त्रको माग गर्दै काठमाडौंमा बृहत प्रदर्शन (भिडियो सहित)

काठमाडौं । हिन्दुराष्ट्र र राजतन्त्रका समर्थकहरूले राजसंस्थाको माग गर्दै शनिबार काठमाडौं उपत्यकामा प्रदर्शन गरेका छन् । राष्ट्रिय नागरिक आन्दोलनको आयोजनामा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरुले विभिन्न प्लेकार्ड बोकेका छन् । प्रदर्शनकारीले नागरिकतन्त्रसहितको राजसंस्था, धर्म सापेक्षा राज्य माग गरेका छन् । उनीहरुले संघीयताको विकल्प खोजिनु पर्ने र अबको विकल्प नागरिक सरकार रहेकोसहितका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

आन्दोलनमा सहभागी अधिकांशसले मास्क लगाएका छन् भने प्रायले राष्ट्रिय झण्डा बोकेका छन् । पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा यस्ता प्रदर्शन लगातार हुँदै आएका छन् ।

पृथ्वीनारायण शाहको तस्वीर बोकेका प्रदर्शनकारीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका छन् ।

हेर्नुहोस् भिडियो

 

तपाईको प्रतिक्रिया

Techie