राखेपका नवनियुक्त उपाध्यक्ष र सदस्य सचिवले लिए सपथ

काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले बुधबार सपथ लिएका छन । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा कोइराला र सिलवाललाई सपथ गराएका हुन । सपथ कार्यक्रममा मन्त्री विश्वकर्माले मुलुकलाई समृद्धि गर्ने सरकारको लक्ष्य रहेको भन्दै खेल क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेको बताए ।
त्यस्तै सदस्य सचिव सिलवालले खेल जगतलाई प्राथमिकताको क्षेत्रको राख्नका लागि आफ्नो पहल र भूमिका हुने बताए । सुशासन र पारदर्शी रुपमा आफ्नो गतिविधिलाई अघि बढाउने बताए ।
यसपटक राखेपमा पहिलो पटक खुला आव्हानद्वारा सदस्य सचिव नियुक्ती भएको हो । यसअघि राखेप सदस्य सचिवको नियुक्ती राजनीतिक आधारमा हुने परम्परा थियो । कोइराला र सिलवाललाई मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले नियुक्त गरेको थियो । सिलवाल दोस्रो पटक सदस्य सचिव नियुक्त भएका हुन । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन असार १८ गते सँगै सिलवालसहित राखेपका तत्कालिन पदाधिकारी र सदस्य पदमुक्त भएका थिए । कोइराला भने पहिलो पटक राखेपमा प्रवेश गरेका हुन । उपाध्यक्ष र सदस्य सचिव दुवैको कार्याकाल ४ वर्ष रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie