राखी सावन्तको बाथटव वाला भिडियो भाइरल (भिडियोसहित)

एजेन्सी : बलीउडकी ड्रामा क्वीन राखी सावन्त सामाजिक सञ्जालमा भिडियो र तस्वीरका कारण प्रायः चर्चामा आइरहेकी हुन्छिन् । दिनहुँ जसो उनी आफ्नो फोटो र भिडियो सामाजिक सञ्जालमा राख्ने गर्छिन् । र, उनले राखेका अधिकांश फोटो र भिडियोहरु भाइरल हुने गरेका छन् ।

यसैबीच केही दिन अगाडि उनले बाथटबमा सुतेर बनाएको भिडियो भाइरल भइरहेको छ । उनले उक्त भिडियो इन्स्टाग्राममा शेयर गरेकी छिन् । उक्त भिडियोमा उनले भारतको एक चर्चित रियालिटी शो बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्ला र शहनाज गिलका बारेमा कुरा गरेकी छिन् ।

उनले भिडियोमा सिद्धार्थ शुक्लाको तारिफ गरेकी छिन् । उनले भनेकी छिन्, “मेरो र तपाई (सिद्धार्थ)को जिममा सधैं भेट हुन्थ्यो, बिग बोसका कारण साढे ४ महिना तपाई जिममा आउनुभएन, मलाई तपाई नहुँदा जिम जान पनि मन लागेन, तर अब हाम्रो फेरी भेट हुने भयो, म एकदम खुशी छु ।”

तपाईको प्रतिक्रिया

Techie