रथारोहणका लागि धमाधम सिगारिदै मच्छिन्द्रनाथको रथ (तस्बिरमा)

काठमाडौ । रातो मच्छिन्द्रनाथको रथारोहण भोलि शनिबार हुँदै छ । साउन १० गते शनिबार पुल्चोकमा बनाइएको रथमा रथारोहण गर्न लागिएको हो ।
भोलि हुने रथारोहणका लागि अहिले रथ सजाउने काम धमाधम भैरहेको छ । ३२ हात लामो रथलाई शान्ति स्वस्ती र गौदान गरी सजिसजाउ पारिदै छ । रथमा कुनै नराम्रो नहोस् र सबैको शान्ति होस भन्ने कामनाले शान्ति स्वस्ती गर्ने परम्परा छ । प्यागोडा शैलीमा निर्मित बत्तीस हात अग्लो रथलाई धूपी, ध्वजापताका आदिले सजाइदै छ

गुठी संस्थानका अनुसार शनिबार १२: ५ देखि १२: १५ को शुभ साईतमा रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिने छ । हाल मच्छिन्द्रनाथ ललितपुर– १९ स्थित तबहालःमा राखिएको छ ।

हेर्नुहोस् तस्बिर


तस्बिर: नबिन श्रेष्ठ

तपाईको प्रतिक्रिया

Techie