युवकको हत्यामा संलग्न रहेको आरोपमा एकै घरका ३ जनालाई पक्राउ

कपिलवस्तु – कपिलवस्तु नगरपालिका वडा नं. ८ बेलौहामा १८ वर्षीय युवक विजय बहादुर कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकै घरमा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्थानीय ३२ वर्षीय रमेश कहार, २३ वर्षीय अनिल कहार र २२ वर्षीय बासमति कहार रहेको प्रहरीले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार वासमतिसंग प्रेम सम्वन्ध रहेका विजय बहादुर कहांरलाई उनका पति रमेश कहार र भाई अनिल कहारले आफ्नो घरमा कुटपिट गरी हत्या गरेका छन् । गत अषाढ ३ गते रमेश छिमेकीको विवहामा बाहिर गएको मौका छोपी रमेश पत्नी वासमतिले विजय कुर्मीलाई घरमा बोलाईन् ।

राती नफर्केने गरी विवहाको जन्ती गएका रमेश अचानक सोही रात विवहाबाट फर्केर घरमा आउंदा एउटै कोठामा आफ्नी श्रीमतीसंगै विजयलाई भेटे । आफ्नी श्रीमतिसंग पर पुरुषलाई राती आफ्नो कोठामा देखे पछि आफ्ना भाई समेतलाई बोलाई रमेशले विजयलाई कुटपिट गर्दा विजयको मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेको छ । मृतक विजयको शव आफ्ना भाई र श्रीमती समेतको सहयोगमा आरोपी रमेशले घर नजिकैको पोखरीमा राती लगेर फालेको प्रहरीले जनाएको छ ।

घटनाको ४ दिन पछि मात्र प्रहरीले अषाढ ७ गते कपिलवस्तु नगरपालिका वडा नं. ८ पुर्व डिही वेलौहा स्थित सरकारी पोखरीमा विजयको शव फेला परेको थियो । घटना बारे थप अनुसन्धान गर्दै जांदा प्रेम सम्वन्धका कारण श्रीमान् नभएको मौकामा घरमा बोलाईएका विजयको अचानक घरमा श्रीमान् आए पछि हत्या भएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । हत्या काण्डमा बासमतिको प्रत्यक्ष संलग्नता भने देखिएको छैन ।

तर घटना भए देखि हाल सम्म प्रहरीलाई कुनै जानकारी नदिएको, घटनाको समयमा हल्ला तथा अन्य छिमेकीहरुसंग गुहार नगरेको कारण उनी पनि हत्या घटनामा दोषी भएको प्रहरीेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie