युरोपेली च्याम्पियन्स लिगको क्वाटर फाइनल ड्र सार्वजनिक

युरोपेली च्याम्पियन्स लिगको क्वाटर फाइनल ड्र सार्वजनिक भएको छ । युरोपियन फुटबल एसोसिएसन यूईएफएले आज क्वाटरफाइनल ’ड्र’ सार्वजनिक गरेको हो । क्वाटरफाइनलको ’ड्र’ अनुसार रियल मड्रिड र म्यानचेस्टर सिटीबीचको विजेताले युभेन्ट्स र लियोनबीचको विजेतासँग खेल्ने भएको छ । यस्तै बार्सिलोना र नेपोलीबीचको विजेताले चेल्सी र बायर्न म्युनिखसंगको विजेतासँग प्रतिस्पर्धा गर्ने भएको छ । पीएसजीले एटलान्टासँग तथा आरबी लाईपजिगले एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । कोरोनाले च्याम्पियन्स लिग स्थगित हुनुअघि नै चार टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् । क्वाटरफाइनलका खेल अगष्ट १२ देखि १५ सम्म हुनेछ । यस्तै सेमिफाइनल खेल अगष्ट १८ र १९ मा हुनेछ । फाइनल अगष्ट २३ मा हुनेछ । कोरोना भाइरस संक्रमण महामारीका कारण रोकिएको च्याम्पियन्स लिगका अन्तिम आठ खेल पोर्चुगलमा हुने तालिका छ ।

तपाईको प्रतिक्रिया

Techie