युरोकपमा आज साविक विजेता पोर्चुगल र हंगेरी भीड्दै

विश्व विजेता फ्रान्स र जर्मनीबीचको खेल पनि आजै

१६औं संस्करणको युरोकप फुटबलमा आज दुई खेल हुँदैछ । युरोकपमा आज ग्रुप अफ डेथ मानिएको समूह ’एफ’ को दुई खेल हुँदैछ । पहिलो खेलमा साविक विजेता पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनी प्रतिस्पर्धा गर्दैछन् । युरोपका ११ सहरमा जारी प्रतियोगितामा साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग प्रतिस्पर्धा गर्नेछ । हंगेरीको घरेलु मैदान पुस्कास एरिनामा हुने पोर्चुगल र हंगेरीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् । मुख्य प्रतियोगितामा दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । आजै हुने दोस्रो खेलमा साविक विश्वकप विजेता एवम् साविक युरोकप उपविजेता फ्रान्स र पूर्व विश्व च्याम्पियन तथा युरोकप च्याम्पियन जर्मनी भीड्नेछन् । फ्रान्स र जर्मनीबीचको खेल जर्मनीको एलिनाज स्टेडियममा नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । दुवै बलियो टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् । फ्रान्स र जर्मनीबीच अहिलेसम्म मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुबै टोलीले २÷२ खेल जितेका छन् । दुई खेल भने बराबरीमा सकिएको छ ।

तपाईको प्रतिक्रिया

Techie