युनाईटेड इन्स्योरेन्सको निमित्त सीईओमा उपासना पौडेल

काठमाडौं : युनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेललाई नियुक्त गरेको छ । कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा रहेका रमेश कुमार भट्टराइको करार अवधि समाप्त भएकाले पौडेललाई निमित्तको जिम्मेवारी दिईएको कम्पनीले जनाएको छ ।

भट्टराईको कार्यकाल २०७७ साल कार्तिक २४ गतेबाट सकिएपर्छि नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई निमित्तको जिम्मेवारी दिइएको हो । उनको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गत वर्षको तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको भारी वृद्धि गर्न सफल भएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie