युद्धकालिन पात्रहरु र हातहतियार संग्रहित युद्ध सङ्ग्रहालयको राष्ट्रपतिद्वारा उदघाटन

काठमाडौ । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज सिन्धुलीगढीको युद्ध सङ्ग्रहालयको उदघाटन गरेकी छन् । नेपाली सेनाले करिब सात करोड रुपैयाँ लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सम्पन्न भएपछी राष्ट्रपतिले संग्रालयको उद्घाटन गरेकी हुन । संग्राहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको समय तालिका, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजले प्रयोग गरेका तोप, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तक लगायत राखिएका छन् । सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए । नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इष्ट इन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको थियो ।

तपाईको प्रतिक्रिया

Techie