युट्युबमा भाइरल सन्तोषीको दक्षिणकाली मन्दिर परिसरमा क्रुर हत्या

काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ ।प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ ।

सन्तोषीको क्रुर ढंगले हत्या गरेको देखिएको छ। उनलाई सुरूमा घाँटीमा सलले कसिएको देखिएको छ। उनको प्राण गएपछि ढुंगाले अनुहारमा हिर्काएर चिन्नै नसक्ने बनाइएको छ।

‘निधारदेखि मुनि चिउँडोसम्मको कुनै भाग पनि छैन, अनुहार नचिनियोस् भनेरै त्यसरी क्षत-विक्षत पारेको देखिन्छ

प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो । प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेको छ । यद्यपि, पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुनेछ ।

तपाईको प्रतिक्रिया

Techie