युटयुवमार्फत च्याउ खेति गर्न सिकेर मनग्य आम्दानी गर्न सफल (भिडियो रिर्पोट)

 

काठमाडौं:  सामाजिक सञ्जाल युटयुवमार्फत च्याउ खेति गर्न सिकेर गोरखाको एक किसान परिवार मनग्य आम्दानी गर्न सफल भएको छ । गोरखा नगरपालिका ५ ठुलो रिपकी सानुमाया थापामगरको परिवारले सिताके च्याउ खेतीवाट राम्रो आम्दानी गर्दै आएको हो ।
गोरखा नगरपालिका ५ ठुलो रिपकी सानुमाया थापाको परिवार पाँचबर्षदेखि च्याउ खेतीमा सग्लन छ । सानुमायाँका श्रीमान र उनले ०७२ सालमा १ सय ६० मुढाबाट सुरु गरेको सिताके च्याउ खेती ५ बर्ष बित्न लाग्दा एक हजार मुढामा बिस्तार भैसकेको छ । यो बिचमा उनले च्याउ बिक्रीबाट बचत गर्न नसके पछि २२ जना सदस्यको घर परिवारलाइ उपचार खर्च, पठनपाठन, उपचार खर्च र भईपरी आउने कुनै पनि काममा समस्या परेको छैन ।

औपचारिक तालिम नलिएको र प्राविधिक सिप नभएका मगर परिवारले यूट्युभवाटै सिताके च्याउ खेति गर्ने सीप सिकेका हुन । २०७२ सालको माघवाट सुरु भएको च्याउखेति निरन्तर विस्तार भैरहेको छ । सानुमायाको परिवारले अहिले दैनिक १० केजी सम्म च्याउ प्रति केजी पाँच सयका दरले बिक्री गर्दै आएको छ । कोरोना संक्रमणपछि च्याउको माग बढेको छ । च्याउको सुप बनाएर पिउदा रुघा, खोकी निको हुने भएकोले माग बढेको सानुमाया बताउछिन ।

सानुमायाको परिवारले २ वटा प्लास्टिकका टनेलमा खेती गरेका छन् । चार महिना मात्र उत्पादन हुने यो च्याउ बिक्रीबाट थापाको परिवारले बर्षको ६ लाख रुपैयाँ सम्म आम्दानी लिने गरेको छ । रहरमा थालेको खेतीले राम्रो आम्दानी दिन थाले पछि अहिले सानुमायाको परिवारले यसलाई बिस्तार गर्ने योजना समेत बनाएको छ ।

केही समययता मगर परिवारको यो खेतीको गाउँलेहरुले सिको गर्न थालेका छन् । अन्य च्याउको तुलनामा सिताके च्याउ स्वादिलो र सस्तोमा पाउदा बजारमा माग बढी रहेको छ । सिताके च्याउलाई महिनासम्म स्याहारसुसार गरेर चार महिना मात्रै च्याउको उत्पादन लिन सकिन्छ ।

तपाईको प्रतिक्रिया

Techie