युइएफए च्याम्पियनस लिग आजबाटः समुह इ, एफ, जी र एचका खेल हुदै

एजेन्सि । युरोपेली क्लब फुटबलको सर्वोच्च लिग युइएफए च्याम्पियनस लिग आजबाट सुरुहुदै छ । सन् २०२१-२२ सिजनको सुरुवाति खेलमा समुह इ, एफ, जी र एच अन्तरगतका क्लबहरु बिच हुनेछ । पहिलो खेलमा समुह एफमा रहेको योङ बोइज र म्यान्चेष्टर युनाईटेड र अर्को खेल समुह जीमा रहेको सेभिल्ला र साल्जभर्ग बिच हुने छ ।

दुबै खेल नेपाली समय अनुसार १०ः३० बाट सुरु हुने छ । समुह इ, एफ, जी र एच अन्तरगतकै अन्य ६ खेलहरु बेलुका १२ः४५ मा हुदै छ । समुह इ अन्तरगत डाइनामो किभ र बेन्फिका, बार्सिलोना र बायन म्युनिख, समुह एफ अन्तरगत भिल्ला रियल र एटालान्टा बिचको खेल हुदै छ ।
समुह जी अन्तरगत लिल ओएससी र वुल्फ्स्बर्ग र समुह एच अन्तरगत माल्मो र युभेन्टस, चेल्सि र जेनिथ बिचको खेल हुने छ ।
रोनाल्डो पुनः म्यान्चेष्टरमा अनुबन्ध भएयता उनको पहिलो खेल भएकाले योङ बोइज र म्यान्चेष्टर युनाईटेड बिचको खेल रोमाञ्चक हुने छ । त्यस्तै, बायन र बार्सिलोना बिचको खेल पनि प्रतिस्पर्धात्मक हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

Techie