यीनै हुन् सार्वजनिक बसमा युवतीको टाउकोमा वीर्य स्खलन गर्ने युवक

काठमाडौं : सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गर्ने रवीन रुचाल (सार्की)लाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । सार्वजनिक बसमा यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने २१ वर्षीय  रुचाललाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा रुचाललाई महाशाखाको टोलीले पुस २८ गते सोमबार चितवनबाट पक्राउ गरेको थियो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार आरोपीले प्रहरीसामु कसुर गरेको स्वीकार गरेका छन् ।

प्रारम्भिक अनुसन्धानमा भिडियो बनाएर त्यसबाट पैसा कमाउने उद्देश्य राखेको देखिएको र रुचालले चलाउने फेसबुकका मेसेजहरु हेर्दा नेटवर्क नै बनाएर काम गरिरहेको जस्तो पनि देखिएकोले अनुसन्धान गरिरहेको एसएसपी थापाले जानकारी दिए । रुचालले सो भिडियो ०७५ साल भदौ महिनामा खिचेर सामाजिक सञ्जालमा मंसिर महिनामा पोस्ट गरेका थिए भने उनी विरुद्ध ०७५ साल माघ ११ गते महाशाखामा जाहेरी परेको एसपी थापाले जानकारी दिए ।

भिडियो सार्वजनिक भएपछि पक्राउ पर्ने डरले केही समय भारतमा गएर बसेको र पछि फर्किएर चितवनमा बसेको देखिएको एसएसपी थापाले बताए । पक्राउ परेका रुचालमाथि साइबर अपराध अन्तर्गत थप अनुसन्धान गरेर कारवाही अगाडि बढाइने पनि एसएसपी थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Techie