यस वर्षको शैक्षिक सत्र जेठमा सकिने

काठमाडौ । कोरोना महामारीका कारण यस वर्षको शैक्षिक सत्र जेठमा मात्र सकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना कारण यस बर्षको शैक्षिक सत्रलाई १४ महिनाको बनाइएको बताएका छन । मंगलबार काठमाडौंको किर्तिपुरमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले जेष्ठ महिनामा नै एसइइ परिक्षा हुने र संघीय सरकारले नै एसइइ परिक्षा लिने बताए । नयाँ शैक्षिक सत्र एसइइ परिक्षा सकिएपछि असार १ गतेबाटै सुरु हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले यस वर्ष १४ महिनालाई शैक्षिक सत्र मान्ने र अर्को वर्ष १० महिनामै शैक्षिक सत्र सक्ने गरी व्यवस्थापन गरिएको बताए ।
त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा सिफारिस भएका व्यक्तिहरुको नियुक्तीका लागि मन्त्रालयले तयारी गरिरहेको जानकारी दिदै बिधि प्रक्रियाका आधारमा अध्ययन गरेर अन्तिम छनौट गरिने बताए ।

तपाईको प्रतिक्रिया

Techie