यति कार्पेट पुनः बजारमा

काठमाडौं : केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेट पुनः बजारमा आएको छ । २०७४ असार ३ गते आगलागीका कारण बन्द भएको यति कार्पेट लामो समयपछि पुनः बजारमा आएको हो ।

नेपालमा आफ्नो उत्पादनको ३० बर्षको इतिहास कायम गरेको यति कार्पेटले अहिले  विभन्न आकर्षक रङ्गमा कार्पेट उत्पादन गरी बजारमा पठाउन थालिसकेको छ । यति कार्पेटले आफ्नो उत्पादनलाई विगतको भन्दा ३ गुणा बढाएको केडिया अर्गनाइजेसनका अध्यक्ष अनिल केडियाले बताए ।

लामो र बलियो बिरासत बोकेपनि यति कार्पेटलाई फेरि बजारमा आउँदा चुनौती बढेको केडिया बताउँछन् । बजार र मूल्य कता जाँदैछ भन्नेमा सजग रहेको उनी बताउँछन् । ‘आयातमा पनि संलग्न भएकाले यसबारे जानकार छौं’, केडिया भन्छन्, ‘दिग्गज छौं भनेर मात्र हुँदैन भन्ने हामीले बुझेका छौं ।’

उनी अगाडि भन्छन्, ‘यति कार्पेटले हर घरको शोभा बढाउँछ र घरलाई सुन्दर र सफा बनाउँछ, यही नै यति कार्पेटको अमूल्य पहिचान हो ।’ विश्वको उत्कृष्ट जर्मन प्रविधिबाट उत्पादन गरिने यति कार्पेट अझै धेरै गुणस्तरयुक्त रहेको उनी बताउँछन् । यति फलोरिङ्ग नेपालकै सबैभन्दा ठूलो कार्पेट उत्पादक कम्पनी हो ।

तपाईको प्रतिक्रिया

Techie