म्याग्दीमा जीप दुर्घटना, १ जनाको मृत्यु

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–३ बाट बिरामी बोकेर पोखरा जाँदै गरेको जीप दुर्घटनामा परेको छ ‍। दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मालिका गाउँपालिका–३ का ६२ वर्षीय गोविन्द रोकामगर रहेको प्रहरीले जनाएको छ । मालिका–१ का चालक नरबहादुर सिउथानीको खुट्टामा गहिरो चोट लागेकोले थप उपचारका लागि पोखरा पठाइएको छ । अन्यको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४, तातोपानीको फापरखेत पहिरोनजिकै बिहीबार राति करिब १० बजे ग १ ज ६७८८ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा पाँचजना सवार थिए। जीप सडकको घुम्तीदेखि करिब ५० मिटर तल खोला किनारमा खसेर दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया

Techie