म्याग्दीको पोखरेबगर–चित्रे सडक आयोजना अलपत्र, विभिन्न बहाना बनाउँदै ठेकेदारले रोके काम

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर–चित्रे सडक आयोजना अलपत्र परेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट बन्न लागेको सडकको काम विभिन्न बहाना बनाएर ठेकेदारले अलपत्र छाडेको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा सञ्चालित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर–चित्रे सडक आयोजनाको काम विभिन्न बाहना देखाएर अलपत्र छाडिएको छ ।

प्राधिकरणले भूकम्प प्रभावित कार्यक्रम अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, खिवाङ, शिख हुदै चित्रे जोड्ने १८ दशमलब ५ किलोमिटर सडक कालोपत्रे गर्न २०७६ मंसिरमा ठेकेदारसँग सम्झौता गरेको थियो ।

तर विभिन्न बहाना बनाएर ठेकेदार कम्पनी मोतीदान–जयमाता जेभीले काम अलपत्र अवस्थामा छाडेको छ । कोरोनाको जोखिम र सडकको पहिरोको बाहनामा गत चैतदेखि काम रोकेको ठेकेदारले केही समयदेखि दुरबिन डाँडाको पहाडमा जथाभावी उत्खनन् थालेको छ ।

कोरोना भित्रने कारण देखाएर जनप्रतिनिधिहरुले बाहिरबाट मजदुर ल्याउन नदिएको, आयोजनाले पहिरोका कारण सिर्जित अतिरिक्त कामको मूल्याङ्कन र भुक्तानीमा ढिलाई गरेको ठेकेदार कम्पनीका प्रतिनिधि गौतमप्रसाद भुसालले बताए ।

जनप्रतिनिधि र सरोकारवालाको सहमति अनुसार दुरबिन डाँडाबाट कच्चा पदार्थ उत्खनन गरि अस्थाई क्रसर उद्योग चलाउन लागेको ठेकेदारको भनाइ छ । ठेकेदार कम्पनीले बाटो निर्माणलाई रोक्न र विभिन्न बाहान बनाएर छोडेर जान सहमति विपरित काम गर्दे आएको स्थानीयको आरोप छ ।

सडक आयोजना २०७७ जेठ २२ सम्म सम्पन्न गर्ने लक्ष्य भएपनि अहिलेसम्म ३८ प्रतिशत काम मात्रै भएको छ । सडक निर्माणका लागि प्राधिकरणले २७ करोड ९१ लाख ३५ हजार २ सय २० रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सडक निर्माण पुरा भएमा पर्यटकीय स्थल घोडेपानी सहित अन्नपूर्ण गाउँपालिको पाँच र छ नम्बर बडाका बासिन्दामा यातायातको पहुँच पुग्नेछ ।

तपाईको प्रतिक्रिया

Techie