मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । मौद्रिक नीतिलाई अन्तिम रुप दिन केन्द्रीय वैंक संचालक समितिको बैठक बसिरहेको छ । बैठकले नीतिलाई अन्तिम रुप दिएपछि पत्रकार सम्मेलन गरेरसार्वजनिक गरिने बैंकले जनाएको छ ।

मौद्रिक नीतिमा कोरोना भाइरस संक्रमणले अर्थतन्त्रमा पारेको प्रभाव न्यूनिकरणको विषयले प्राथमिकता पाउने छ । वित्तीय क्षेत्रमा सहुलियत तथा सरकारको आर्थिक नीतिलाई सहयोग गर्ने उद्देश्य सहित मौद्रिक नीति आउन लागेको हो ।

कोरोना माहामारीका कारण प्रभावित क्षेत्रलाई राहत प्याकेजका साथै बजार विस्तारका लागि नितिगत सहुलियत दिने योजना राष्ट्र बैंकको छ । कोरोना भाइरस संक्रमणवाट प्रभावित उद्योगी व्यवसायीलाई व्याज र साँवाको भुक्तानीका लागि तीन महिनादेखि एक बर्षसम्म समायावधि दिने बैंकको तयारी छ ।

त्यस्तै असार मसान्तमा ऋणको साँवा, व्याज भुक्तानी गर्न नसक्ने ऋणीलाई म्याद थपसँगै व्याजको पुँजीकरण, ग्रेस अवधि थप लगायत कर्जा पुनर्संरचनाका लागि पर्याप्त समय दिने पनि केन्द्रिय बैंकको योजना छ । पर्यटन, साना तथा मझौला उद्योग लगायतका बढी प्रभावित क्षेत्रमा भने व्याजदरमै सहुलियत दिइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Techie