मोरङको रंगेलीमा स्मार्ट विद्युत मिटर जडान शुरु

मोरङ : मोरङको रंगेलीमा विद्युत प्राधिकरणले स्मार्ट विद्युत मिटर जडान शुरु गरेको छ । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले स्मार्ट मिटर जडानको काम सुरु गरेको हो ।

रंगेली वितरण केन्द्र अन्र्तगतका ६ सय ५० जना ग्राहकहरुको मेकानिकल थ्रि फेज लाइनको मिटरलाई स्मार्ट मिटरमा रुपान्तरण गरिएको हो । स्मार्ट मिटर जडानको ठेक्का एमएस ईलेक्ट्रोबाईटले पाएको छ । मिटर जडानमा कुनै शुल्क नलाग्ने प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie