मेलम्चीको सुरुङ परीक्षण स्थगित

काठमाडौं ।मेलम्ची खानेपानी आयोजना अन्र्तगत सुरुङमा पानी हालेर गरेको परीक्षण तत्काललाइ बन्द गरिएको छ । सरकारले असार २१ देखि मेलम्ची सुरुङमा पानी हालेर परीक्षण सुरु गरेको थियो ।
मंगलबार सुरूङबाट पानी परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि अवस्था बुझ्न गएका चार जना मध्य गेट फुटेर आएको पानीले एकजना इन्जिनियर र आयोजनाका सवारी चालक बगाएको थियो । बगाएकाहरुको खोजी भैरहेको छ भने अन्य २ जनाको उद्धार गरिएको छ ।

दुर्घटनापछि हाललाई मेलम्चीको अस्थायी बाँधबाट सुरुङमा पानी हाल्न पूर्ण रुपमा बन्द गरिएको छ । सुरुङलाई खाली गरेर गेटहरुको अवस्था निरीक्षण गरेपछि मात्रै पुनः पानी हालिने मेलम्ची खानेपानी आयोजनाले जनाएको बताए ।

तपाईको प्रतिक्रिया

Techie