मृगौला रोगीलाई कोरोना संक्रमण भएमा जोखिम उच्च हुने (भिडियो रिर्पोट)

काठमाडौं:  मृगौला विग्रेर काम गर्न छोडेका बिरामीले हप्ताको २ वा ३ पटक डाइलाइसिस गराउनु पर्छ । डाइलाइसिस गराईरहेका र मृगौला प्रत्यारोेपण गरेका व्यतिमा कोराना संक्रमणको जोखिम पनि धेरै हुने गरेको बताइन्छ । तर मृगौला रोगी कोरोना संक्रमित भएका धेरै व्यतिm निको भएको चिकित्सकहरु बताउँछन् ।
राष्ट्रिय मृगौला उपचार केन्द्रको तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्या मध्य ३ लाख मानिस मृगौलाका रोगी छन् । साथै म्ुलकभर करीब ६० वटा ठाउँमा डायलासिसको सुविधा रहेको छ । चितवन र काठमाडौं उपत्यका गरी ८ ठाउँमा मिर्गौला प्रत्यारोपण गरिन्छ । हाल सम्म नेपालमा करिब १५ सय भन्दा बढिको मृगौला प्रत्यारोपण गरिएको छ । यसैगरी करिब ५ हजार मृगौला रोगी अहिले डाइलाइसिस गराई रहेका छन् । मृगौला रोगी तथा मृगौला प्रत्यारोपण गरेका व्यतिmलाई कोरोना संक्रमणको जोखिम पनि बढी हुने गरको आम बुझाई छ । तर मृगौलामा समस्या भएर डाइलाइसिस गराइ रहेका धेरै व्यतिmको कोरोना संक्रमण निको भएका चिकित्सकहरुको अनुभव छ ।

हाल मुलकभर कोरोना संक्रमण फैलिएको छ । यस्तो समयमा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा संक्रमणकोे सम्भावना धेरै हुन्छ । मृगौला रोगी तथा मृगौला प्रत्यारोपण गरेका व्यतिmमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएका कारण यस्ता व्यतिmमा संक्रमणको जोखिम उतिकै हुन्छ । साथै मृगौलाले काम गर्न छोडेर डाइलाइसिस गराइरहेका विरामी अस्पताल आउने क्रममा संक्रमण सर्ने जोखिम पनि उतिकै हुन्छ । त्यसैले यस्ता विरामीले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड राम्रोसंग पालना गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

कोरोना संक्रमणको अवधिभर मृगौला विग्रेर डाइलाईसिस गराउने नयाँ विरामीको संख्या पनि अहिले बढेको छ । तर डाइलाइसिस गराउने व्यतिmमा कोरोना संक्रमण भएको अवस्थामा समेत यस्ता विरामीलाई छुटै राखेर डाइलाईसीसको सेवा सेमेत संचालन गरिरहेको चिकित्सकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

Techie