मुग्लिङमा दुई वटा ट्रक ठोक्किँदा ६ जना घाइते

काठमाडौं : मुग्लिङ नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना वडा नम्बर ५ खहरे पुल नजिक दुई वटा ट्रक ठक्कर खाँदा ६ जना घाइते भएका छन् । काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र बिपरित दिशाबाट गई रहेको ना ४ ख ८०११ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।

दुबै ट्रकको चालक र ट्रकमा सवार ४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । तिमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie