मुगुका सबै स्थानीय तहमा विधालय संचालन

मुगु । मुगु जिल्लाका चार वटै स्थानीय तहले आफ्नो सीमा क्षेत्रका सबै विद्यालयमा पठनपाठन सुरु गरेको छ । कोरोना महामारीका कारण गत चैतबाट भएको बन्दाबन्दीले करिब नौ महिना बन्द रहेका सामुदायिक तथा निजी विद्यालय खत्याड गाउपालिकामा ,सोरु गाउपालिकामा , छायानाथ रारा नगरपालिकामा , मुगुम कार्मारोग गाउपालिकामा मसिर अन्तिम साताबाट पठनपाठनका लागि खुलेका हुन् ।
मंसिरमा बसेको गाउँ तथा नगर कार्यपालिकाको बैठकले विद्यालय खोल्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार विद्यालयमा पठनपाठन सुरु गरियको छ।सोरू गाउ पालिकाअन्तर्गत ४७ विद्यालय छन् । तीमध्ये आठ माध्यमिक, ६ निमावि र ३३ प्रावि छन् । ती सबै विद्यालयमा स्वास्थ्य सुरक्षाका मापडण्ड अपनाउँदै पठपाठन सुरु गरिएको उनले बताए । प्रत्येक विद्यालयमा हेल्थडेस्कस्वास्थ्य सतर्कताका लागि प्रत्येक विद्यालयमा हेल्थडेस्क स्थापना गरिएको छ
विद्यालयमा माक्स, स्यानिटाइजर अनिवार्य गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मुगुका प्रमुख सूर्य खत्रीले कुनै विद्यार्थी वा शिक्षकमा कोभिड– १९ संक्रमणका लक्षण देखिए तत्काल पठनपाठन रोक्ने निर्णय भएको बताए । सोमबारदेखि सञ्चालनमा आएका सोरु गाउँपालिकाका सबै विद्यालयमा विद्यार्थीको उपस्थिति भने न्यून देखिएको छ ।
चार सय ५९ विद्यार्थी रहेको जनज्योति माध्यमिक विद्यालय नार्थपुमा पहिलो दिन ८५ जना र दोस्रो दिन एक सय ३५ जनाको उपस्थिति रहेको विद्यालयका लेखापाल नरजंग शाहीले जानकारी दिए । सञ्चारको अभाव, भौगोलिक विकटता र लामो समयसम्म बन्दाबन्दीका कारण सुरुका दिनमा विद्यार्थीको उपस्थिति न्यून भएको अनुमान गरिएको छ । सम्पूर्ण विद्यार्थीलाई विद्यालय सञ्चालन हुनेबारे समयमै खबर तथा सूचना गरिसकिएको उनले जनाए ।
जिल्लाका चारवटा स्थानीय तहमध्ये सोरु गाउँपालिकाले १५ मंसिरदेखि नै सबै विद्यालयमा पठनपाठन सुरु गरिसकेको छ ।बिध्यालयमा पठनपाठन सुचारु हुने भयपछि पढाइको अनिश्चितताले चिन्ता लियका अभिभावक र बिधर्याथि भने शिक्षक समयमा उपस्थिति भई पठनपाठन भय पछि खुशि भयका छन् । मुगु जिल्लामा प्रा बि ,निमाबिर माबिसहित ३ सय जित बिध्यालयमा १५ हजार जती बिध्यारथि पठनपाठनमा बयेस्त भयका छन्।मुगुम कारमा रोग गाऊपालिका बाहेक ९ महिनादेखि ३वटा स्थानीय तहका बिध्यालय बन्द रहदै आयका थिय। हाल सम्म मुगुमा कोभिडको पर्वाह नभई कसैको हाल सम्म मृत्युु नभयको स्थानीय तहका कार्यपालिकाले बिध्यालय खुलाउने निर्णय गरेपछि जिल्लाका आजबाट सबै बिध्यालय खुलेका हुन्।

तपाईको प्रतिक्रिया

Techie