मुख्यमन्त्री साब, कार्यकक्षमै झ्याप, क्या रिल्याक्स (हेर्नुहोस् भिडियो)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको दुई वर्षे कार्यकालको यति बेला चौतर्फी चर्चा भइरहेको छ । गत शनिबार मात्रै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले दुई वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेको बताउँदै सरकारले गरेका कामका लामै फेहरिस्ता प्रस्तुत गरे ।

सफलतापूर्वक होस् या नहोस् तर सरकारले दुई वर्ष पूरा भने गरिसकेको छ । सरकारको दुई वर्ष पूरा हुँदा ‘केही नेताहरुले महाल ठड्याइसके होलान् तर हाम्रो त झुपडीकै बास ।’ जनता यही गुनासो गरिरहेका छन् । हुन पनि देखिएको पनि त्यस्तै छ– जनता चाहीँ खाडीमा, नेता भने महंगा गाडीमा ।

गाउँगाउँमा सिंहदरबार पुर्‍याउने अठोट लिएको सरकारको दुई वर्ष वित्दा पनि नेता मोटाउने र जनता दुब्लाउने चलन परिवर्तन हुने छाँटकाटँ नै देखिएको छैन । सरकारको मुख चाहिँ धेरै काम गरिसक्यौँ भनेर थाकेको छैन । अझ भनौं सपना पनि यस्तै भाषण मात्र गरेको देख्छन् होलान्– यो गर्‍यौँ त्यो गर्‍यौँ भन्दै उफ्रेको ।

तर जनता भन्छन् देखिने गरि खासै केही गरेको छैन सरकारले । सडक, खानेपानी, भौतिक संरचना अनि सुशाषन सबै उस्तै । तर पनि सरकार मख्ख छ । स्थानीय तहका त कुरा गरेर के साध्य भो र । भ्रष्टाचार र विकृतिको थलो ।

सामाजिक सञ्जालमा यतिबेला एक विषयको निकै आलोचना भइरहेको छ । त्यो हो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कार्यकक्षमा नै जन्मदिन मनाएर मदिरा पिएको विषय ।

आफ्नो जन्मदिन त घरमा मनाउनुपर्ने हो । तर ५ वर्षको आफ्नै पार्टीको स्थाई सरकार भएपछि मलाई कसले छुने भन्ने दम्भले गर्दा पो हो की उनले मुख्यमन्त्रीको कार्यालयको कार्यकक्षमै मदिरा पार्टी गरेको । सामाजिक सञ्जालमा भाइरल भएको भिडियो तथा तस्वीरमा देख्न सकिन्छ, टेबलमा ह्विस्कीका बोतल, मदिरासँग खान सितन र उनी आफैं पनि पिउँदै गरेको । आफैं मात्र कहाँ होर उनी त त्यहाँ उपस्थित अरुलाई समेत नाम र थर सोधी सोधी मदिरा पिलाइरहेका छन् ।

हेर्नुहोस् भिडियोमा र सुन्नुहोस् मुख्यमन्त्री गुरुङले नै सोधी सोधी पिलाएको :

कसैलाई के धन्दा घर ज्वाईलाई खानकै धन्दा भनेझैँ कोही रक्सीको चुस्की लगाउँदै छन् कसैलाई चाहिँ सितनमा गाँजर, काँक्रो अनि मुला चाहिएको छ । यस्तो दृष्य त सजिलै कहाँ देख्न पाइन्छ र । नेकपाको आचार संहितामा यस्तो गर्न पाइने भन्ने पनि उल्लेख छ ? चुनाव अघि मुख्यमन्त्रीले घोषणा पत्र पनि छापे होलान् । घोषणा पत्रमा यो पनि छापे कि बिर्सिए ।

हेर्नुहोस् भिडियोमा र सुन्नुहोस् मुख्यमन्त्री गुरुङले नै सोधी सोधी पिलाएको :

मुख्यमन्त्री जस्तो पदमा बसेका व्यक्तिले यस्तो कृयाकलाप गर्न सुहाउँछ की सुहाउँदैन त्यो त मुख्यमन्त्री स्वयंले सोच्नुपर्ने विषय हो । यसैका लागि चुनिएका हुन् त उनी । पक्कै पनि होइन होला । र यस विषयमा सरकारले छानविन गर्ला त ?

हेर्नुहोस् भिडियोमा र सुन्नुहोस् मुख्यमन्त्री गुरुङले नै सोधी सोधी पिलाएको :


यता मुख्यमन्त्री गुरुङको कार्यकक्षमै मदिरापान गरे भन्ने विषयमा आएका समाचारप्रति मुख्यमन्त्रीको निजी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सचिवालयले विज्ञप्ति नै जारी गरी मुख्यमन्त्रीलाई जोडेर सामाजिक सञ्जाल एवं विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भिडियो, फोटा र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यही फागुन २ गते मुख्यमन्त्रीको जन्मदिन भएको र सोही अवसरमा उनका आफन्तहरु (जेठानका परिवार) बेलायतबाट आएकाले मुख्यमन्त्री निवासमा पाहुनाको खानाको प्रबन्ध एवं पारिवारिक जमघटमा रहेका तस्बिरलाई अतिरञ्जित गर्नु विडम्बना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । गुरुङ जातिको संस्कारअनुसार पारिवारिक जमघटमा कुनै मर्यादा विपरीतको कार्य नभएको भन्दै सो विषयमा नागरिकलाई भ्रममा नपर्नसमेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie