मुकेश अम्बानीको छोरा अकासलाइ पुत्र लाभ

एजेन्सी । भारतका धनाढ्य उधोगपति मुकेश अम्बानी र निता अम्बानीका छोरा अकास अम्बानी र बुहारी स्लोका मेहतालाइ पुत्र लाभ भएको छ । बच्चा र आमा दुबैको स्वास्थ्य अवस्था ठिक रहेको छ । अकास अम्बानी दम्पतीले भर्खर जन्मेको शिशुलाइ स्वागत गरेका छन् । रिलायन्स कम्पनीको अध्यक्ष समेत रहेको मुकेश अम्बानी दम्पतिले पनि स्लोकाले छोरा जन्माएलगत्तै खुसी हुदै आफुहरु पहिलोचोटी हजुरबुबा हजुरआमा बनेको उद्घोष गरेका छन् ।


अम्बानी परिवारले संयुक्त बिज्ञप्ती निकाल्दै धिरुभाइ अम्बानी र कोकीलाबेन अम्बानीको पनातीलाइ हार्दिक स्वागत भनेका छन् ।

अकास अम्बानी र स्लोका मेहताको मार्च १९, २०१९ मा तामझामका साथ भव्य बिबाह भएको थियो । स्लोका मेहता हिरा व्यापारी रुसेल महता र मोना मेहता कि छोरी हुन् ।
भारतका राजनितिज्ञ चर्चित व्यापारी देखि लिएर कलाकार सम्म अकास अम्बानी र स्लोका मेहताको विवाहमा सरिक भएर उनिहरुलाइ आर्शिवाद दिएका थिए ।

तपाईको प्रतिक्रिया

Techie