मास्क अभाव भएपछि नगरपालिका कि प्रमुख आफै मास्क बनाउन थालिन्

डोटी : कोरोना संक्रमणवाट जोगिन मास्क अभाव भएपछि डोटीको दिपायल सिलगढी नगरपालिका कि प्रमुख आफैले मास्क बनाउन थालेकी छिन । भाईरसको जोखिमबाट बच्नका लागि सदरमुकाममा मास्कको माग बढेपछि नगरप्रमुख मञ्जु मलासी आफै मास्क बनाउन लागेकी हुन । नगरप्रमुख मलासीले सिलाइएका मास्क र साबुन नगरका प्रत्येक घरमा बितरण गर्ने अभियान पनि सञ्चालन गरिरहेकी छिन ।

कोरोना भाइरसको संक्रमण शुरु भएसँगै नगरप्रमुख पाँचजनाको टिम बनाएर अहिले बिहानदेखि बेलुकीसम्म माक्स बनाउन ब्यस्त हुने गरेकी छिन । कोरोना संक्रमणको त्रास भैरहेको समयमा नगरप्रमुखले नै मास्क बनाएर वितरण गरेपछि नगरबासी समेत दंग भएका छन् ।

तपाईको प्रतिक्रिया

Techie