मास्कको प्रयोग पछि यसको विसर्जन उचित नहुँदा जोखिम बढ्दो (भिडियो रिर्पोट)

काठमाडौं:  कोरोना संक्रमणबाट बच्ने विभिन्न उपायहरु मध्य मास्कको सहि प्रयोग पनि हो । जसका कारण अहिले मास्कको प्रयोग बढेको छ । तर कोरोना संक्रमणबाट बच्न प्रयोग गर्ने मास्क प्रयोग पछि भने यसको उचित व्यवस्थापन हुन सकेको देखिदैन ।

कोरोना संक्रमणबाट बच्न प्रयोग हुदै आएको मास्क अहिले शहरका गल्ली, गल्ली र सडकमा जथाभावी फालिएको देखिन्छ ।

संक्रमणबाट बच्न प्रयोग गरिने यस्ता मास्क प्रयोग पश्चात उचित व्यवस्थापन हुन नक्दा संक्रमणको जोखिम झन बढाएको छ । संक्रमित व्यतिmले प्रयोग गरेको मास्क यसरी फलिएको छ र यो मास्क अन्य व्यतिmले चलाएर नाक मुख र आखाँ छोएमा संक्रमण सजिलै अन्य व्यतिmमा सर्नसक्छ ।

समान्यतया कोरोना संक्रमणको भाइरस विभिन्न वस्तुमा कम्तीमा दुई दिन देखि १ हप्ता भन्दा बढिसम्म रहने अध्ययनले देखाएको छ । यो भाइरस धातुमा जस्तै ढोकाको ह्याण्डल, गहना, चाँदीका भाँडामा भाइरस पाँच दिन सम्म जिवीत रहन्छ । प्लास्टिकबाट बनेका वस्तु जस्तै बसका सिट, एलिभेटरको बटन, प्लाष्टिक झोला, प्लास्टिक बोटलमा भाइरस दुई देखि तीन सम्म जीवीत रहने देखिन्छ । संक्रमित व्यक्तिले प्रयोग गरेको सर्जिकल मास्कमा भाइरस ७ दिन सम्म जीवीत रहने चिकित्सकहरु बताउँछन् । उनीहरुले प्रयोग गरिएको मास्कको व्यवस्थापनमा ध्यान दिनु पर्ने सुझाव दिएका छन ।

कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग अहिले सबैले गरिरहेका छन । तर प्रयोग गरिएको मास्क जथाभावी फाल्नाले संक्रमणको जोखिमलाई झन बढाउन मदत गरिहेको छ ।

तपाईको प्रतिक्रिया

Techie