बाहिरी मानिसको आवजावत रोक्न नाकामा महिलाले दिन थाले पहरा (भिडियो सहित )

हुम्ला । गाउँभित्र बाहिरी मानिसलाई प्रवेश गर्न नदिन हुम्लाको सिमिकोट गाउँपालिका–५ खाद्यक गाउँका महिलाले पहरा दिन थालेका छन् । बाहिरी मानिसको आवतजावत नरोकिएपछि कोरोना भाइरस फैलिने त्रास बढ्न सक्ने भन्दै त्यसलाई रोक्न महिलाहरुले गाउँ प्रवेश गर्ने नाकामा पहरा दिन थालेका हुन् ।

नाकामा सुरक्षाका लागि पहरा दिइरहेका महिलाले बिरामी र अत्यावश्यक काममा हिँडेकाहरुलाई भने आवतजावतमा रोक लगाएका छैनन् । उनीहरुसँगै प्रहरी र सशस्त्र प्रहरी पनि ड्यूटीमा रहेका छन् । गाउँ प्रवेश गर्न खोज्नेलाई महिलाहरुले नाकाबाटै फिर्ता पठाउने गरेका छन् ।

खेतीपाती र पशुपालन पनि हुने भएको कारण गाउँका मानिसहरु पनि काम विशेषले वन तथा खेतबारीमा जानु पर्ने भएपछि सुरक्षाकर्मीले उनीहरुलाई गाउँ स्थनीय महिलाले गाउँमा सुरक्षा दिन थालेपछि प्रहरीलाई पनि सहज भएको छ । सुरक्षाका लागि महिलाहरु समूह बनाएर गाउँका विभिन्न नाकामा बिहान ६ बजेदेखि साँझ सात बजेसम्म बस्ने गरेका छन् । उनीहरुलाई वडाले खाजाको व्यवस्था गरेको छ । कोरोना भाइरसको त्रास रहँदासम्म पालैपालो पहरा दिने उनीहरुले बताएका छन् ।

३ सय १४ घरधुरी रहेको खाद्यक गाउँमा हेल्थडेस्कको पनि व्यवस्था गरिएको छ । कोरोना भाइरसको संक्रमण गाउँमा फैलिन नदिन महिलाहरुले थालेको प्रयासलाई गाउँवासीले प्रशंसा गरेका छन् ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

Techie