माघको पहिलो हप्तादेखि काठमाडौंमा विद्यालय सञ्चालन गर्ने तयारी

काठमाडौ । काठमाडौँ महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी शुरु गरेको छ । कोरोना संक्रमणको कारण गत वर्ष चैत्र ११ गतेदेखि बन्द रहेका शैक्षिक संस्थाहरुलाई महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको हो । सरकारको निर्णय आउन ढिला भएपनि आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गरिने महानगरले जनाएको छ ।
अभिभावक महासंघले भने तत्कालै विद्यालय खोल्नु नहुने बताएको छ । बालबालिकाहरु जनस्वास्थ्य मापदण्ड पालना गर्न अभ्यस्त नभएकाले पनि तत्काल विद्यालय सञ्चालन गर्न नहुने अभिभावकहरुको पनि भनाइ छ ।
लामो समयदेखि बन्द रहेका बिद्यालयले कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि आवश्यक व्यवस्थापन गर्न नसक्ने आशंका अभिभावकहरुको छ । कोरोना भाइरसु संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले नेपाल सरकारलाई विद्यालय लगायत हालसम्म बन्द रहेका संस्थाहरु खोल्न सिफारिस गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

Techie