माउन्ट केटु आरोहण‍ गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौंमा भव्य स्वागत

काठमाडौं : विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटु जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका दश नेपाली आरोही काठमाडौँ आइपुगेका छन् ।

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका आरोही समूहलाई आज विहान त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायत पर्यटन क्षेत्रका संस्थाको सहभागितामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुको स्वागत गरिएको हो ।

विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल र्यालीद्वारा तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सम्मान गरिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहितको टोलीले पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गरेका हुन् ।

आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो ।

नेपाली आरोही समूह यही माघ ३ शनिबार राति १ बजे केटूको शिखरमा पुगेको थियो । केटू हिमालमा अहिलेसम्म जम्मा ३६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यानसमेत गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

छुटाउनुभयो कि?

१८ पुष २०७७, शनिबार १६:२७ १८ पुष २०७७, शनिबार १६:२७

काठमाडौं:  नेपालमा…

११ मंसिर २०७७, बिहीबार १२:२० ११ मंसिर २०७७, बिहीबार १२:२०

काठमाडौं : सरकारी…

१ जेष्ठ २०७७, बिहीबार ०७:१८ १ जेष्ठ २०७७, बिहीबार ०७:१८

काठमाडौं : नेपालमा…

Techie