माइतीघरमा तरुण दलको विरोध प्रदर्शन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको भातृ संगठन तरुण दलले आज पनि काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेको छ ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको नाममा दोषीलाई उन्मुक्ति र निर्दोषलाई कारबाही गरेको भन्दै उसले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकार विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

सभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरुले सरकारले पूर्वाग्रही ढङ्गले गच्छदारलाई मुद्दा दर्ता गरेको आरोप लगाए । प्रदर्शनमा तरुण दलका अतिरिक्त महिला संघ, नेपाल विद्यार्थी संघका कार्यकर्ता समेत सहभागी थिए । यसअघि शुक्रबार नेबिसंघले पनि काठमाडौंमा प्रदर्शन गरेको थियो । मुद्दा दर्ता गरेपछि कांग्रेसले संसद समेत अबरुद्ध गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Techie